Logo
Logo

नेकपा बदर गरिएको फैसलाविरुद्ध आज सर्वोच्च अदालत जाँदै माओवादी केन्द्र


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) बदर गरिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन हाल्ने भएको छ ।

स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्रका नेता अदालत पुग्ने कार्यक्रम रहेको छ । फैसला लगत्तै बसेको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने बताएको माओवादी केन्द्र फैसला आएको तीन साता बित्दा समेत जान सकेका थिएनन् ।

पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो ।

भने ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएका एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर ‘राजनीतिक’ निर्णय गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् ।

यसै क्रममा माओवादी केन्द्रले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानुनविद्सँगको परामर्शमा निवेदनसमेत तयार पारिसकेको थियो। सोहीबमोजिम उसले सर्वोच्चमा निवेदन हाल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्