Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआईबीएल भी–प्रिपेड इन्कटरनेशनल कार्ड’


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड’ सेवा सुरु गरेको छ । बैंकका अनुसार यस भर्चुअल कार्डमार्फत ग्राहकले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्नेछन् । साथै, उक्त कार्डबाट झन्झटमुक्त अमेरिकी डलरमार्फत विश्वभर ई–कमर्स भुक्तान गर्न सक्नेछन् । बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।


पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको तथा अन्तराष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक–२०१८’ समेत पुरस्कृत यस बैंकले हालसम्म ८६ शाखा, १ सय ३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्