Logo
Logo

हिमालयन बैंकद्वारा अन्तरराष्ट्रिय भुक्तानी सेवा सुरु


दृष्टि संवाददाता


काठमाडौं । हिमालयन बैंकले अन्तरराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रिपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

बैंकको अनुसार इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पिओएस टर्मिनलमार्पmत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्