ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात « Drishti News – Nepalese News Portal
Logo

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात


दृष्टि संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाकोे दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ सेवाको उद्घाटन एक समारोहबीच रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले गरेका थिए ।

शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएम, युटिएल र एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटिएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्