Logo
Logo

काठमाडौं आउन पिसिआर !


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ ।

विशेषगरी भारतबाट आउनेमा कोरोना संक्रमण बढि देखिन थालेपछि काठमाडौं प्रवेशमा कडाई गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको छ ।

बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नाकामै कोरोना परीक्षण गर्ने बताएको छ । ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ । ‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ पराजुलीले भने ।

परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो । ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ ।

नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन् । लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।, यो समाचार आजको सौर्य दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्