Logo
Logo

प्रदूषणले फोक्सो र आँखाका विरामी बढे


दृष्टि संवाददाता


काठमाडौं । गत शुक्रबारदेखी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा लागेको गम्भिर प्रकृतिको तुँवालो नहट्दा मानिसमा गम्भिर समस्याहरु देखापर्न थालेका छन् । दीर्घरोगी, फोक्सो, मुटु, छालादेखि स्नायु प्रणालीसम्मका गम्भिर प्रकारका समस्या देखिन थालेको हो ।

अहिले बढिगरी आँखा पोल्ने समस्या राजधानीमा देखिन थालेको चिकित्सकहरु बताउछन् । वायुमा देखिएको प्रदुषण ६ दिनदेखी नहट्दा मानिसहरुलाई ज्वरो आउने, खोकी लाग्ने र छातीमा समस्या देखिन थालेको छ ।

तुँवालो लागेको जस्तो देखिएपनि त्यो वायु प्रदूषणको कारण भएको र नजानिँदो ढंगले मानिसहरुमा समस्या देखिदैछ । सबैभन्दा पहिला फोक्सो र आँखा गम्भिर असर देखिने चिकित्सकहरुले बताएका छन् । उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ ।

विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमण हुने जोखिम बढाएको छातीरोग विशेषज्ञ डा। सुबोधसागर ढकालले बताए । ‘यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने संक्रमण हुने जोखिम धेरै हुन्छ । तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ’, उनले भने । स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा संक्रमण हुनसक्ने खतरा हुन्छ ।, यो समाचार आजको सौर्य दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्