Logo
Logo

महतोले भने- ‘रेशम चौधरीबारे वार्ता गरिराख्न जरुरी छैन !’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले नेकपा एमालेको सरकार माओवादीको समर्थनमा टिकेको बताएका छन् । बरिष्ठ नेता महतोले आफुहरु सत्ताको रेसमा वा हेराफेरीमा नभएको पनि बताएका छन् ।

रातोपाटीलाई दिएको अन्तरर्वातामा वरिष्ठ नेता महतोले केपी ओलीले गरेको असंवैधानिक काम सर्वोच्च अदालतको फैसलाबाट संविधान ट्रयाकमा आएका र अहिले सत्ता हेराफेरीको कुरा भईरहेको बताए ।

उनले भनेका छन्, ‘हामी सत्ताको खेलमा छैनौं । हामीलाई सत्ता भन्दा पनि हाम्रो मुद्दा प्रिय छ । वषौँदेखि जनताको सवाल सम्बोधन भएको छैन, त्यो गम्भीर कुरा हो । त्यसको सम्बोधनका लागि हामीले माओवादी, एमाले र काँग्रेसलाई भनेको हो । हाम्रा लागि सत्ताको नभई मुद्दाको सवाल हो । सत्ताको खेलमा हामी सहभागी हुँदैनौँ ।’

‘काँग्रेस र एमाले मिलिदियो भने दुई तिहाइ हुन्छ । हामी जनता समाजवादी पार्टीको आवश्यकता छ र ? छैन नि । काँग्रेस, माओवादी र जसपाबीचको समीकरणको कुरा ग¥यो भने त्यहाँ हाम्रो आवश्यकता हुन्छ, त्यो पनि कल्पना कसरी गर्ने ? अहिले एमालेको सरकार माओवादीको समर्थनमा टिकेको छ । बहुमतको सरकार छँदैछ ।’ उनले भने ।

उनले भने, ‘यो संविधानबाट हामी सन्तुष्ट छैनौं । तर, पनि लोकतान्त्रिक मूल्यमान्यता जोगाउनुपर्छ, त्यो रहेन भने बाँकी काम हुँदैन । त्यसैले हामी सबै मिलेर लोकतान्त्रिक मूल्यमान्यताको रक्षा ग(यौैं । अब संविधान ट्रयाकमा आयो’ उनले भने । ‘यतिबेला सत्ता हेराफेरीको कुरा भइरहेको छ । सत्ता समीकरणको कुरा भइरहेको छ । त्यसमा हामी सामेल छैनौं । जनता समाजवादी पार्टी सत्ताको रेसमा वा हेराफेरीमा छैन ।’

उनले ओली सरकारको विकल्पमा सरकार बनाउने बाटो कसैले पनि नखोलेको बताए । जसपा आफ्ना माग सम्बोधनका लागि ओली सरकारलाई भनेको र उसले सम्बोधन गर्यो भने धन्यवाद दिने मात्रै भनेको उनको भनाई छ ।

उनले भने, ‘हामी आफ्नो माग सम्वोधनका लागि केपी ओली सरकारलाई भनिरहेका छौं । उसले सम्वोधन गर्यो भने धन्यवाद दिन्छौं भनेर भनेकै हो । सहयोग गर्नुपरे पनि गरिदिने भनेकै हो । यो सरकारले गरिदिए धन्यवाद, नभए अर्को सरकार आउला, उसलाई भनौँला ।’

आफुहरुको माग पुरा गर्ने ओली सकारात्मक रहेको बताउँदे उनले भने, ‘अहिले सबैले गर्छु भनिराख्नुभएको छ । केपी ओलीले पनि गर्छु भनिराख्नुभएको छ । उता प्रचण्डजीले पनि हामी नै सरकार बनाएर गरौं न भनिराख्न्नु भएको छ ।’

नेता महतोनले अहिले जसपाको मागबारे सबै बढो उदार देखिएको पनि बताए । उनले भने, ‘अहिले सबै बढो उदार देखिनुभएको छ । यो देशमा सबैले आममाफी पायो । मुद्दा पनि फिर्ता भए । बञ्चरोले टाउको काट्ने, जनयुद्धको नाउँमा हजारौं मान्छे मार्ने महाक्रान्तिकारी भए । त्यसअनुसार राज्यले रातो कार्पेट ओछ्याएर व्यवहार गर्यो । यो देशमा थारुले आफ्नो पहिचानका लागि आन्दोलन गर्दा त्योचाँहि अपराध हुँदोरहेछ । यो कसको देश हो ? ।’

यतिबेला त सरकारले थारुवान संयुक्त संघर्ष समिति र सरकारी पक्षबीच वार्ता जारी राखेको छ, यसलाई चाँहि कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा नेता महतोले भने, ‘योबारे वार्ताकारलाई सोध्नु होला । यो छलफल र वार्ताको विषय नै होइन । राज्यको विभेदको शिकार भएको न हो जनता । थारु, मधेसी, आदिबासी जनजातिहरु राज्यको विभेदको शिकार भएको हो । निलम्बित सांसद रेशम चौधरीबारे वार्ता गरिराख्न जरुरी छैन । जसरी अरुको रिहाइ भयो, त्यसरी नै गर्न सकिहालिन्छ नि ।’

प्रतिक्रिया दिनुहोस्