Logo
Logo

प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्चले सुनुवाइ गर्ने वा नगर्ने निर्णय दिने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा बदर सम्बन्धी सर्वोच्च अदालतको आदेश विरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने वा नदिनेबारे सर्वोच्च अदालतले आज (बिहीबार) निर्णय दिनेभएको छ । सर्वोच्चले निस्सा दिए यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्र व्यूँताउँने आदेश दिएको थियो । त्यस विरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंगलबार पुनरावलोकनका लागि अदालतमा निवेदन दिएका थिए ।

निवेदनमा फैसलाले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको उल्लेख छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो । नेकपा ऋषि कट्टेल नेतृत्वको दलसँग नाम मिलेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

सोको फैसला गर्दै नेकपा बदर गरेर अदालतले एमाले र माओवादी केन्द्रलाई व्यूँताइदियो । रिट निवेदकको मागविपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्