Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बोलाइएको छ ।

आज पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने नै हो । आजको बैठकमा यो विषयले प्रवेश पाउँछ ।

बाँकी बैठकले नै निर्णय लिन्छ ।’ माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन कांग्रेस र जसपाको दबाब रहेको छ । केहीदिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

सर्वोच्च अदालतले नेकपा बदर गर्दै गत फागुन २३ मा एमाले र माओवादी केन्द्र व्यूँताइदिएको थियो । त्यसयता, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्