Logo
Logo

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप


दृष्टि संवाददाता


काठमाडौं । छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन रु त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।

पार्वती कार्की टिकटककी पारखी हुनुहुन्छ । उहाँले बन्दाबन्दीको समयमा आफ्नो आठ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘‘मेकअप गर्दा आफैँले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें । केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’’ यता कर्म श्रेष्ठको समस्या पनि उस्तै
छ । ‘‘छोरीको तस्बिर खिचेर चाडपर्वमा शृङ्गार गरियो अहिले विद्यालय पनि बिनामेकअप जान मान्दिनन्’’ श्रेष्ठ थप्नुहुन्छ– ‘‘बिनामेकअप नराम्रो देखिन्छ र साथीहरूले नराम्रो भन्छन् भनेर कहीँ पनि जान मान्दिनन् । बिनामेकअप त आत्मविश्वास नै हराएको अनुभव हुन्छ ।’’

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा। धर्मेन्द्र कर्णका अनुसार छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन्छन् । सबैभन्दा हानिकारक नङ र रौँका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् । ‘नङ र रौँमा प्रयोग गरिने सौन्दर्य सामग्रीमा छालालाई हानि गर्ने रासायनिक तìवहरू मिसाइएको हुन्छ । डा। कर्ण भन्नुहुन्छ, ‘‘जसका कारण नेल पलिस र हेयर कलर लगाउँदा धेरैलाई एलर्जी हुन्छ । झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हानिकारक हुन्छ ।’’ ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट बच्चालाई टाढा राख्नुपर्ने उहाँले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्