Logo
Logo

कास्कीमा नेपाल पक्षको छुट्टै कमिटी


दृष्टि संवाददाता


पोखरा । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कास्कीमा पनि छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ ।
पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको छ । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्