Logo
Logo

‘सांसद पद गए जाओस्, माओवादीमा फर्किन्नँ’


दृष्टि संवाददाता


विराटनगर । माओवादी केन्द्र परित्याग गरेर एमाले ओली पक्षमा प्रवेश गरेपछि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङले कुनै पनि हालतमा आफू नफर्किने भएका छन् । नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफमा उनले आफू पुनः पार्टीमा नफर्किने बताएका हुन् । उनले भने, ‘सांसद पद गए जाओस्, तर माओवादीमा फर्किन्नँ ।’

उनले जवाफ पठाइरहनुको नै औचित्य नभएको समेत बताएका छन् । उनले अर्काे दलमा गइसकेका कारण विधानअनुसार पत्रको जवाफ दिने, नदिने कुराको कुनै औचित्व नराख्ने बताए ।

दलको विधानविपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताएका हुन् ।

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठकअघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्