देशभर संगठन बनाइन्छ, कसले रोक्छ ? : नेता नेपाल « Drishti News – Nepalese News Portal
Logo

देशभर संगठन बनाइन्छ, कसले रोक्छ ? : नेता नेपाल


दृष्टि संवाददाता


पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । नेता नेपालले भने, ‘देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौँ, कसले रोक्छ ?’
जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरुमा समेत बनाउने बताउँदै नेता नेपालले भने, ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौँ टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौँ ।’
उनले चुनाव घोषणा भए आफू अरुसँग सिटको तालमेल गरेर अगाडि बढ्ने बताए । ८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको दावी गर्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’ तर, २८ फागुनका निर्णय फिर्ता र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्