Logo
Logo

काठमाडौं-तराई द्रुतमार्ग : दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

बिहीबार रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिसँग छलफलपछि यस्तो निर्देशन दिएको हो ।
सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको समितिको निष्कर्ष छ । समितिले हाल खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुनः प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

यसअघि फाष्ट ट्रयाकको लागि भएको ५२ अर्ब रुपैयाँको ठेक्काको पूर्वयोग्यता छनोटमा देखिएको अनियमितताको छानबिन गर्न संसदको लेखा समितिको आजका लागि बैठक बोलाएको थियो ।

समितिले गत फागुन २६ गते नेपाली सेनाको काठमाडौं तराई मधेश द्रुतमार्ग कार्यालयलाई यो टेण्डर प्रकरणमा उब्जेका ११ प्रश्नको जवाफसहित टेण्डर कागजात र मूल्यांकन प्रतिवेदन पेश गर्न एकहप्ताको समय दिएर पत्र काटेको थियो । नेपाली सेनाले ती प्रश्नहरुको जवाफसहित आवश्यक कागजातहरु समितिलाई निर्धारित समयभित्रै पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्