Logo
Logo

‘आजकाल नैतिकवानमाथि कारबाही र अनैतिकहरु पुरस्कृत हुन्छन्’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराई मार्कसवादको उर्वरभूमी नेपालमा आजकाल नैतिकवानलाई कारबाही र भ्रष्ट तथा अनैतिकहरुलाई पुरस्कृत गर्न थालिएको टिप्पणी गरेका छन् ।

एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले नेता धनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई कारबाही गरेकामा असन्तुष्ट जनाउँदै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

बिहीबार समाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘ऋृषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्कसवादको उर्वर भूमी नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् ।’

उनले घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई कारबाही गरेर केपी ओलीले मजाक गरेको बताएका छन् । ‘कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ’ उनले लेखेका छन् ।

बिहीबार नेकपा एमाले ओली पक्षले नेताद्वय पाण्डे र भुषाललाई ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई निलम्बन गरिएको जनाएको छ ।

उनीहरुलाई पनि अहिलेकै गतिविधि कामय राखे थप कारवाही गर्ने चेतावनी दिइएको छ । यस अघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्