Logo
Logo

प्रचण्ड रोएको फोटो राखेर सूर्य थापाले लेखे– सहानुभूतिचाहिं छ


दृष्टि संवाददाता


काठमाडौं, १९ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तुच्छ र अमानवीय टिप्पणी गरेका छन् । नेकपाको नामसम्बन्धि मुद्दामा सर्वाैच्च अदालतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको पनुरावलोकन निवेदन खारेज गरिदिएपछि थापाले प्रचण्डलाई सहानुभुती दिएका छन् । छोरा प्रकाशको निधनमा प्रचण्ड रोएको तस्वीर राखेर थापाले तुच्छ टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्–

सर्वाेच्च अदालतको फैसला ।
लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ !
निवेदक महोदयप्रति सहानुभूतिचाहिं छ– सम्हालिनुहोस र राजनीति गर्नुहोस ! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ !
आफैले भाँड्न चाहेको एकता कति प्यारो ?

प्रधानमन्त्रीको सल्लाहकार पदमा कार्यरत व्यक्तिको यस्तो टिप्पणीप्रति सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । केहीले यस्ता व्यक्तिलाई तत्काल हटाउन माग गरेका छन् । छोराको मृत्यु हुँदाको फोटो अर्काे प्रसंगमा राखेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्