Logo
Logo

लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ : रामचन्द्र पौडेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा बिहीबार आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे । उनले भने, ‘देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।’

अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्