Logo
Logo

बिमस्टेक बैठकमा म्यानमारबारे छलफल भएन


दृष्टि संवाददाता


काठमाडाैं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का परराष्ट्रमन्त्रीको १७ औं बैठक सम्पन्न भएको छ ।

म्यानमार जारी सैन्य दमनविरुद्ध कसैले पनि आवाज नउठाई परराष्ट्रमन्त्री स्तरीयको बैठक सकिएको हो । नेपाल लगायत अन्य कुनै पनि मुलुकले म्यानमारका विषयमा कुरा उठाएनन् ।

बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचाै शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ ।

बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको छ । त्यसैगरी सदस्य मुलुकहरुको बीचमा प्रविधिको हस्तान्तरणसम्बन्धी सहमतिलाई समेत अगाडि सहमति भएको छ ।

मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकलाई अगाडि बढाउनको लागि सशक्त इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्