Logo
Logo

कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने


दृष्टि संवाददाता


काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झौता गरेको छ । बैंक र कार्गाेबीच विभिन्न शीर्षकमा सहकार्य गर्ने सम्झौता भएको हो ।

बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापतित्वलगायत उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका बिश्वास ढकाल र युके एडअन्तर्गतको ‘सीप’ का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यतालगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधि यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।

यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बीमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सनलगायतका थप सेवासुविधा प्रदान गर्ने भएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्