Logo
Logo

मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा कामना सेवा विकास बैंक सम्मानित


दृष्टि संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताकारुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।

बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानस्वरुप कदरपत्र प्रदान गरेका थिए । बैंकले आव २०७४/७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो । आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदरस्वरुप उत्कृष्ट करदातालाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

राज्यप्रतिको आफ्नो जिम्मेवारीबोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरसः पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढी हौसला प्रदान गरेको छ । साथै बैंक आफ्नो भिजनअनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने करदाताको रुपमा आफूलाई स्थापित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्