Logo
Logo

सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा पर्यो नबिल बैंक


दृष्टि संवाददाता


काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा राखेको थियो । मंसिरमा कोभिडको त्रार र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको जनाएको छ ।

बैंकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नबिलले स्थापनादेखि हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको जनाएको छ ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म एक हजार ८७५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्