Logo
Logo

भारतमा कोरोना संक्रमण ६ महिनायताकै उच्च


दृष्टि संवाददाता


काठमाडौं, २० चैत ।
भारतमा कोरोना संक्रमण तिव्र गतिमा फेरि फैलिएको छ । बिहीबार मात्र भारतमा ८१ हजार चार सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । यो पछिल्लो ६ महिनाकै उच्च हो ।


भारतमा एक करोड २३ लाखमा कोरोना संक्रमण भइसकेको छ । अमेरिका र ब्राजिलपछि भारत कोरोनाबाट धेरै प्रभावीत हुने तेस्रो देश हो ।
भारतमा मृत्यु पनि बढेको छ । पछिल्लो २४ घन्टामा ४ सय ६९ जनाको मृत्यु भएको र हालसम्म मृत्यु हुनेको संख्या एक लाख ६३ हजार नाघेको छ । पछिल्लो समय भारतको महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ । भारतमा संक्रमण फैलदा नेपालमा पनि जोखिम बढेको छ । दुई सातायता नेपालमा पनि संक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्