Logo
Logo

माधव समूहद्वारा नेता पाण्डे र भुषालमाथि कारबाहीको निन्दा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाहीको भत्र्सना गरेको छ । शुक्रबार बसेको बैठकले उक्त कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै लज्जित बनाएको भन्दै निन्दा गरेको छ ।
बैठक बाहिर पत्रकारसँग नेता भीम रावलले नेताद्वयको कारबाहीको निन्दा गरेको बताए । उनले भने, ‘यो तानाशाही, निरंकुश र स्वैच्छाचारी छ । यसले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको छ ।’
रावलले नेकपा एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए । बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्