Logo
Logo

पत्रकारीतामा नेपाललाई नमुनाको रुपमा विकास गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वका पत्रकारहरुले नेपाली पत्रकारहरूबाट सिक्ने खालको पत्रकारीता गर्नु आग्रह गरेका छन् ।

शुक्रबार संसदीय मामिला पत्रकार समाजका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै पत्रकारीतामा पनि नेपाललाई नमुनाको रुपमा विकास गर्न आग्रह गरेका हुन् । उनले हरेक समस्यामा एक भएर अगाडि बढ्न सुझाउँदै नयाँ बन्ने भवनमा नयाँ तरिकाले कार्य सम्पादन गर्न आग्रह गरे । उनले मिडियमा समेत नेपाललाई उच्चतम नमुना प्रस्तुत गर्नुपर्ने बताए ।

उनले विगतमा जस्तै हार्दिकता प्रर्दशन गर्न नयाँ निर्वाचित पदाधिकारीहरूलाई सुझाए । उनले स्वस्थ ढंगले प्रतिस्प्रर्धा सबै ठाउँमा गर्नुपर्ने बताउँदै राजनीतिक क्षेत्र विकृत भए सबै कुरा विकृत हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्