Logo
Logo

माधव-झलनाथ पक्षले देशभर नयाँ अभियान घोषणा गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको छ ।

माधव–झलनाथ पक्षका नेता योगेश भट्टराईले संगठन निर्माण, प्रशिक्षण, अभियान, विशेषखालका कार्यक्रम गर्ने निर्णय भएको दिए । नयाँ ढाँचाका कार्यक्रमलाई अन्तिम रुप शनिबार बस्ने स्थायी कमिटी बैठकले तय गर्ने उनले बताए ।

उनले भने, ‘राष्ट्रिय भेलाले तय गरेको देशव्यापी संगठन निर्माणको अभियान चलाउने छलफल भएको छ। त्यसका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा तयार गरिने छ। बैठकमा केही प्रस्ताव आएका छन् ।’

उनका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ । यसलाई भोलिको बैठकले अन्तिम रुप दिने र देशभर लैजाने नेता भट्टराईले बताए ।

बैठकले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदम भएको बैठकले ठहर गरेको छ। भट्टराईले भने,‘नवौं महाधिवेशनको विधानविपरीत भएको कारबाही पूर्वाग्रही छ। कारबाहीले प्रम ओली पार्टी विभाजन गर्न उद्धत रहेको पुष्टि हुन्छ।’

 

 

प्रतिक्रिया दिनुहोस्