‘प्रधानमन्त्रीले एक साताभित्र संसदमा विश्वासकाे मत लिने’ « Drishti News – Nepalese News Portal
Logo

‘प्रधानमन्त्रीले एक साताभित्र संसदमा विश्वासकाे मत लिने’


दृष्टि संवाददाता


फुङ्लिङ । नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने बताएका छन् ।

फुङ्लिङमा आज (शुक्रबार) आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि समेत गरे । प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।

उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

प्रतिक्रिया दिनुहोस्