Logo
Logo

प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसकाे निर्णय


दृष्टि संवाददाता


काठमाडाैंं। नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्रीको राजीनामा माग्ने सहमति भएकाे छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएकाे छलफलले प्रधानमन्त्रीकाे राजीनामा र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको हाे ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको हाे ।

नेताहरुबीचको सहमतिपछि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा त्यही प्रस्तावसहित केहीबेर अगाडी मात्रै सुरू भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्