Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेकोदेखि खाने तेलको मूल्यमा पुनः बढेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी वितरणको उद्घाटन, जनताको खुसी बढेको राष्ट्रपतिको दावी, मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भएपनि परीक्षणका क्रममा रहेकाले शुत्रबारदेखि साढे आठ करोड लिटर पानी वितरण, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तीन वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने घोषणा ।

२. प्रतिगमनकारीको उपमा दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनाए असन्तुष्टी, प्रतिगमनको परिभाषा नबुझ्नेले प्रतिगमनको आरोप लगाएर जनतालाई अफवाहमा राखेकोे तर्क, कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संघीयता, गणतन्त्र खतरामा रहेको अभिव्यक्ति दिनु गलत भएको ओलीको दावी, केही नेताको तानातानले संसद पुनःस्थापना भएपनि काम गर्न नसकेको आरोप ।

३. अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी, नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याएर फेरि प्रतिगमनतिरै लाने षड्यन्त्र भएको तर्क, प्रतिगमनविरुद्ध खबरदारी गर्न प्रचण्डको अपिल, संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको प्रचण्डको आरोप ।

४. नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षद्वारा संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने निर्णय, राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा आएका विभिन्न प्रस्तावलाई शनिवार बस्ने स्थायी कमिटी बैठकले संगठनको नयाँ ढाँचालाई अन्तिम रुप दिने योगेश भट्टराईद्वारा जानकारी, ओलीविरुद्ध अदालत जानेबारे माधव पक्षद्वारा कानूनविद्सँग छलफल, अवहेलना मुद्दा दायर गर्न सुझाव ।

५. नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति, पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच दुई बुँदे सहमति, सहमति कार्यसमिति बैठकबाट पारित ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने, १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागद्वारा जानकारी, पूर्वाधार निर्माणमा नयाँ आयाम थपिएको दावी ।

७. पुनः महंगियो भान्सा, बजारमा तरकारी तथा अचार खाने केराउको भाउ किलोमै ६० रुपैयाँले बढ्यो, मूल्य बढेपनि बजारमा केराउको चरम अभाव, कात्तिकदेखि निरन्तर बढी रहेको तेलको भाउ लिटरमा १० देखि १५ रुपैयाँले वृद्धि, तोरीको तेल लिटरमा २९० रुपैयाँ, सोयबिन २२० र सनफ्लावर तेलको मूल्य २३० कायम, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न संसदीय समितिको निर्देशन ।

८. कोभिड १९ महामारी विरुद्धको खोप ल्याउन विश्व बैंकको सहयोग, ८ अर्ब ७० करोड रुपैयाँ अतिरिक्त वित्तीय सहयोग प्रदान , समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीमाथि कारवाही, ३० दिनभित्र स्पष्टीकरण माग, रु रु जलविद्युतको आइपीओमा पहिलो दिन नै १० गुणा बढी आवेदन, ८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो ।

९. त्रिदेशीय कप फुटबल विजेतालाई जनही चार लाख दिने मन्त्रिपरिषद बैठकको निर्णय, नेदरल्यान्ड्स र मलेसियासँगको टी–ट्वान्टी सिरिजपछि टियु क्रिकेट मैदानमा क्यानद्वारा अफ्रिकन राष्ट्रसँग त्रिदेशीय एकदिवसीय सिरिज खेलाउने तयारी, कोरोना भाइरसबाट संक्रमित भएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुल्कर अस्पताल भर्ना, आइसीसीद्वारा अम्पायर कललाई बलियो बनाउँदै क्रिकेटमा तीन खेल परिवर्तन ।
१०.र, भारतमा सन् २०२१ यताकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिए, थप ८१ हजार ४ सय ४१ जनामा पुष्टि, ताइवानमा रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु, कंगोमा विद्रोहीको हमलामा परी २९ जना गाउँलेको हत्या, इथियोपियाका सैनिक अधिकारीले नै सर्वसाधारणको हत्या गरेका तथ्य फेला ।

प्रतिक्रिया दिनुहोस्