घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला « Drishti News – Nepalese News Portal
Logo

घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला


दृष्टि संवाददाता


सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उनीहरु घाँस काट्न गएको बताइएको छ । बाबियाचौरमा बस्दै आएका उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।
दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्