Logo
Logo

‘दैनिक ६ किलोमिटर सडक कालोपत्रे, प्रत्येक दुई दिनमा एउटा पुल’


दृष्टि संवाददाता


काठमाडौं । सरकारले नेपालमा दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको जनाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा सडक सञ्जालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सो कुरा बताएका हुन् । प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको सरकारको दावी छ ।

मुलुकमा पूर्वाधारको क्षेत्रमा सडकअन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै उनले सरकारको चाहनासुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने दावी गरे । केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकासले तीव्र गति लिएको उनको भनाइ छ ।

मन्त्री नेम्बाङले भने, ‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन् ।’

उनले सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको र प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको दावी गरे । ८० राजमार्गलाई तीव्रता दिएपनि अझैपनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्