Logo
Logo

म्यान्मारमा जारी आन्दोलनप्रति कांग्रेसको ऐक्यवद्धता


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार अबेर सकिएको बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै म्यानमारमा भएको सैन्य कू र त्यसको विरोधमा भएको दमनको घोर भत्र्सना गरेको छ ।
साथै आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघलगायतलाई अपिल गरेको छ । फेबु्रअरीमा सेनाले शासनसत्ता हातमा लिएपछि म्यानमारमा आन्दोलन चलिरहेको छ ।
हालसम्म ५०० भन्दा बढी नागरिकको हत्या हुनुका साथै ५ हजारभन्दा बढी पक्राउ परेका छन् । कांग्रेसले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित सबै बन्दीलाई विनाशर्त रिहा गर्न र म्यानमारमा लोकतान्त्रिक प्रणाली पुनस्र्थापित गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्