Logo
Logo

‘ओलीकै कारण पार्टी दलाल पुँजीवादको चंगुलमा फस्दैछ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली शर्मालाई ‘टम्पो चालक’सँग तुलना गरेका छन् ।
शनिबार नेपाल पक्ष निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेस्टु)को तेस्रो महाधिवेशन उद्घाटन गर्दै उनले पार्टीमा ट्रक चलाउने मान्छे चाहिएको बताए । उनले भने, ‘नवौँ महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने केपी ओलीलाई नेतृत्वमा चुन्यो । अघि एकजना साथीले भनेजस्तै चलाउनुपर्ने ट्रक थियो, टेम्पो हाँक्नेले जित्यो ।’

नेता भुसालले कोही व्यक्ति, सांसद् वा प्रतिनिधि कारबाहीमा पर्नु ठूलो कुरा नभएको बताउँदै भने, ‘ठूलो कुरा पार्टी दलाल पुँजीवादको चंगुलमा फस्नु हो ।’ ओली पार्टी विभाजनका लागि उद्धत रहेको समेत उनले आरोप लगाए ।

ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेकाले कम्युनिष्ट आन्दोलन रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको उनको भनाइ छ ।
राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको उनले बताए ।

नेता भुसालले भने, ‘उहाँलाई नयाँ केही चाहिँदैन, चुनाव जित्ने हो भन्ने थियो । तर, नवौँ महाधिवेशनले समाजवाद ल्याउने हाम्रो नीति पारित ग¥यो । तर, नेतृत्वमा उहाँलाई नै छान्यो । समस्या यहीबाट सुरु भयो ।’

प्रतिक्रिया दिनुहोस्