Logo
Logo

ओलीले नछोडे हामी हटाउँछौ : रामचन्द्र पौडेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिएका छन् । नेपाल शिक्षक संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले उक्त चेतावनी दिनएका हुन् ।

उनले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको बताए । उनले भने, ‘छोड्नुहुन्‍न भने हामी हटाउँछौं। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’

ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उनले बताए । प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्