Logo
Logo

झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी डल्लुमा


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। शनिबार दिउँसो राष्ट्रपति भण्डारीले खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन् ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । साथै, खनालको निवासमा एक साहित्यिक कार्यक्रमसमेत आयोजना गरिएको र उक्त कार्यक्रममा राष्ट्रपति भण्डारी पनि सरिक भएको स्रोतको दावी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेपछि पार्टीभित्रको विवाद झन चुलिएको छ ।

ओलीले एकलौटी रुपमा निर्णय गर्दै अघि बढ्न थालेपछि माधव–झलनाथ समूह पनि अहिले ओलीको काउन्टरमा उत्रिएको छ । माधव–झलनाथ समूहले अहिले समानान्तर कमिटीहरु धमाधम गठन गरिरहेको छ ।

यहीँबीचमा शनिबार राष्ट्रपति भण्डारी खनाललाई भेट्न डल्लु जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्