Logo
Logo

ओली सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेल्याे : नेता सिंह


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई वर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा उनले मुलुकमा देखिएको समस्या समाधान गर्दै कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताए ।

उनले ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले आरोप पनि लगाए । ५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न नसकेको उनले बताए ।

त्यस्तै उनले कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भइसकेको धारणा राखे । नेता सिंहले सरकार संघीयता भन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको बताए ।

कार्यक्रममा कोरोना महामारीका बेला पनि सामाजिक सेवमाा सक्रिय विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्