Logo
Logo

प्रहरी हिरासतमै अभियुक्तको मृत्यु, एसपी लगायत प्रहरी छानबिनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares


पोखरा, १७ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको मृत्यु भएको छ।

भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दीप साहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।

लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुनै पनि अभियुक्तलाई हिरासतमा राख्दा स्वास्थ्य चेकजाँच गर्नुपर्छ । यो घटनामा प्रहरीको कुटपिटको आशंका गरिएको छ । जसकारण कास्कीका एसपी ओमबहादुर राना लगायत छानबिनमा तानिएका छन् । मानव अधिकार आयोग, इन्सेक लगायत संस्थाले छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्