Logo
Logo

पत्रकार महासंघले तोक्यो केन्द्रीय प्रतिनिधि


दृष्टि संवाददाता


काठमाडौं । नेपाल पत्रकार महासंघले यही २५ गते हुन गइरहेको महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन महासंघले प्रतिनिधि खटाएको जनाएको हो ।

महासंघका सचिव प्रकाश थापाका अनुसार प्रदेश नम्बर १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जबेगू केन्द्रीय प्रतिनिधि तोकिएका छन् ।

यस्तै, प्रदेश नम्बर २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरू सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइँकेल, लुम्विनी प्रदेशमा सचिव थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी केन्द्रीय प्रतिनिधिका रुपमा जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर सिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मीन वम र श्याम भट्ट तथा उपत्यका प्रदेशमा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइलीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

प्रतिष्ठान र एशोसिएट प्रदेशमा थापाकै नेतृत्वमा केन्द्रीय सदस्यहरू टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङलाई प्रतिनिधिको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्