Logo
Logo

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ साझेदारी सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक लिमिटेडका बीच बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको छ । २०७७ चैत २० गते भएको एक कार्यक्रम बीच उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना मन्तव्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदीप फँुयालले क्यूआरकोड तथा डिजिटल बैंकिङको महत्व तथा फाइदाबारे जानकारी गराउँदै औषधि व्यवसायीलाई क्यूआर कोडको वितरण पनि गरे ।

शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रमा बोल्दै औषधि व्यवसायी संघका तर्फबाट अध्यक्ष ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै व्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने बताए । प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्