Logo
Logo

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भिषा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पिओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त पिओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढीको कारोबार गर्दा कार्ड पिन नम्बर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पिओएस मेसिनलाई ‘ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नति गरिसकेको छ । उक्त सुबिधा लिनका लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्