Logo
Logo

छतिसगढमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त, २२ सुरक्षाकर्मीको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । भारतको छत्तिसगढमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त भएको छ । सो भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ ।
करिब ४ घन्टासम्म चलेको भिडन्तमा ३२ जना सुरक्षाकर्मी घाइते भएको र एक वेपत्ता बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार रातिदेखि २ हजार जनाको संयुक्त सुरक्षा बलले बिजापुर र सुक्मा जिल्लास्थित जंगलमा माओवादीविरुद्ध अप्रेशन चलाएका थिए । त्यसक्रममा माओवादीले थापेको एम्बुसमा सुरक्षाकर्मी परेको बताइएको छ ।

माओवादीतर्फ पनि ठूलो क्षति भएको अनुमान गरिएको छ । तर घटनास्थलमा एक महिलाको मात्रै लाश भेटिएको सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनाको भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले घटनाको निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्