Logo
Logo

ठगी आरोपमा गुडविलका अध्यक्ष श्रेष्ठ पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुर प्रहरीले जनाएको छ ।

गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी परार भएका थिए । उनलाई ठगी मुद्दामा म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्