Logo
Logo

आधिकारिक एमाले हामी हौं : वरिष्ठ नेता नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरु नै भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका वरिष्ठ नेता नेपालले कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने बताए ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लगाइरहेको आरोप लगाए ।

उनले भने, ‘कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो, एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।’ केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्