Logo
Logo

माओवादी केन्द्रका दुई सांसदलाई कारबाही गरेको पत्र


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी)लाई माओवादीले कारबाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ ।
एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र आएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताएका छन् ।
प्रदेशसभाको नियमावली १९० अनुसार पत्र आएको उनको भनाइ छ । नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने उनले बताए । उनका अनुसार सभामुखले पत्रमा तोक लगाइसकेका छन् । कारबाही गरेपछि उनीहरुको सांसद पद खारेज हुनेछ ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् ।
तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका १९ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्