Logo
Logo

तीन दलको गठबन्धन बनाउन पौडेलको महन्थसँग आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुगेका छन् । उनीहरुबीच करिब आधाघण्टा कुराकानी भएको बताइएको छ ।

वरिष्ठ नेता पौडेलले जनता  अध्यक्ष ठाकुरलाई सरकार विस्थापनको पक्षमा एक हुन आग्रह गरेका छन् । ‘तपाईं, हाम्रो पार्टी सभापति शेरबहादुर देउवा र प्रचण्ड बसेर सहमति बनाउनोस्,’ पौडेलले महन्थलाई सल्लाह दिए। मोटामोटी खाका बनाएर नयाँ सरकारका निर्माण गर्न पौडेलले आग्रह गरेका थिए। प्रत्युत्तरमा महन्थले पार्टीमा छलफलकै क्रममा रहेको प्रतिक्रिया दिएको पौडेलको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्‍ने पार्टीले निर्णय गरेपछि पौडेलले नयाँ सरकारको पहल गर्ने क्रममा महन्थलाई भेटेका हुन्। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकले वैकल्पिक सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्