सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले माधव–झलनाथ पक्षका संसदीय दल कर्णाली प्रदेशले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको छ ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले आफ्ना तीन मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिने निर्णय गरेको हो ।
‘तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ । त्यो निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको छ,’ नेपाल पक्षका एक सांसदले भने ।