काठमाडौं । एमाले नेत्री जानकीदेवी रामले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समावेशी समूह दलितबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिरहाकी जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सानु शिवाको निधनका कारण रिक्त रहेको समावेशी समूह दलितबाट समानुपातिकतर्फको सांसदमा जानकीदेवी रामलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।
एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो ।