Logo
Logo

दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु


दृष्टि संवाददाता


विराटनगर । भारतकाे जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश नं. १ ले उपचारको जिम्मेवारी लिने निर्णय गरेअनुसार आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो ।

अस्पतालका डा. पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका भतिज गोपाल तिम्सिनाले बताए । उपचारका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गरिरहेका छन् ।

प्रदेश सरकारको समन्वयमा अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको उपचार निःशुल्क गर्ने प्रतिबद्धता जनाएका छन् । तिम्सिनाले जिल्ला प्रशासन कार्यालय, इलामबाट हालै नागरिकता लिएका छन् ।

उनलाई लागेको आरोपमाथि बिना सुनुवाइ चार दशकसम्म जेलमा बसेका दुर्गाप्रसादको तर्फबाट क्षतिपूर्ति माग गर्दै भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने परिवारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्