काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौंमा पनि समानान्तर जिल्ला कमिटी बनाएको छ । आइतबार बुद्धनगर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समानान्तर कमिटी घोषणा गरिएको हो ।
नेपाल र खनालसमेतको उपस्थितिमा वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको हो । मानन्धर बागमती प्रदेशसभाका सदस्य हुन् ।
एमाले ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि उनीहरुले विभिन्न जिल्ला तथा भ्रातृ संगठनका कमिटीमा समानान्तर कमिटी घोषणा गर्दै आएका छन् ।