Logo
Logo

प्रचण्डसँग एकता गर्न माधव नेपाललाई गाेकुल बाँस्काेटाकाे सुझाव


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीबाट कारवाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रचण्डसँग एकता गर्न सुझाव दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा नेता बाँस्कोटाले नेपाल समूदलाई ‘महाझेली गुट’को संज्ञा दिँदै माओवादी केन्द्रसँग गएर एकता गर्न सुझाव दिएका हुन् । ट्वीटरमा उनले लेखेका छन् ।

‘‘न पार्टीको नाम न चुनाव चिह्न उसै एमाले मेरो रे ? दुई महिनाअघि सूर्य चिह्न नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो। सोझै एकता गरे हुने । गाईलाई घाँस हजुर भैंसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो।’

 

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको समूहले विभिन्न अभियान घोषणा गरिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले भने साइबर ‘आक्रमण’ जारी राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्