Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ मूल्य वृद्धि गरेको हो ।

योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ ।

यसअघि निगमले चैत ३ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्